मेलौली नगरपालिका बैतडीको २०८१÷०८२ को नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत

बैतडी : मेलौली नगरपालिका बैतडीको चौधौ नगरसभामा तथा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। मेलौली नगरपालिकाले कृषि स्वास्थ्य र शिक्षालार्ई मुख्य प्राथमिकतामा राखेको छ । नमूना नगरपालिका बनाउन नगरपालिकाले कृषि र पर्यटनलाई जोड दिने भएको हो ।

नगरको १४ औँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वन–वातावरण, सामाजिक विकास, आर्थिक विकास, सुशासन लगायतका क्षेत्रलाई महत्व दिएको छ । त्यस्तै,नगरले निर्माण गरिरहेका क्रमागत योजना हरुको निरन्तरता,पुर्वाधार बिकाश,बाकी रहेका ठाउँ हरुमा बिधुतीकरण,भाषा,धर्म,सस्कृती,कला साहित्यको संरक्षण,सास्कृतीक सम्पदाको पुनःनिर्माण अन्य लक्षित वर्गका लागि उत्थान कार्यक्रम,र प्रयटन प्रवर्धन लाई पनि कार्यक्रममा प्रथमिकता दिइएको नगरप्रमुख भीम बहादुर चन्दले जानकारी दिनुभयो ।

नगरसभामा नगर प्रमुख भीम बहादुर चन्दले कुल ४८ करोड ५ लाख९५ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएकोछ। यस अन्तर्गत,संघिय बितिय समानिकरण तर्फ ९ करोड,१६ लाख,संघिय राजश्व बाडफाड तर्फ ९ करोड ४९ लाख,ससर्त अनुदान तर्फ २४ करोड ४८ लाख, ४१ ह्जार प्रदेश बित्तिय समानिकरण तर्फ ७८ लाख ८६ हजार ,राजश्व बाँडफाँड प्रदेश ४३ लाख ६८ हजार ,विषेश अनुदान संघिय १ करोड,विषेश अनुदान प्रदेश ८५ लाख,समपुरक अनुदान प्रदेश ९५ लाख सडक बोर्ड नेपाल पुजीगत तर्फ ४० लाख र नगरको आन्तरिक श्रोत बाट ५० लाख रहेकोछ।

सिमित श्रोत र साधनका बावजुद पनि त्यस्को अधिकतम प्रयोग गर्ने नगरको लक्ष रहेको नगरप्रमुख चन्दले स्पस्ट पार्नुभयो। नगर उपप्रमुख पार्वती बोहरा विष्ट,सवै,सभासद हरुको उपस्थिती रहेको सभामा नगरका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्द ,नगरका विभिन्न शाखाका कर्मचारी हरु र पत्रकार हरुको उपस्थिती थियो।

Leave A Reply

Your email address will not be published.