बैतडी : मेलौली नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि नगरसभामा संशोधन प्रस्ताव दर्ता भएको छ। नगरपालिकाको प्रशासन शाखाले नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका विभिन्न १२ बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको जानकारी दिएको छ।
शनिबारबाट शुरु भएको १४ औँ नगरसभामा कार्यपालिका सदस्य तथा सभादल तपेन्द्र बिष्ट, नगरसभा सदस्य शरद सिह नेगी, राजेन्द्र सिह बिष्ट र नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्षले संशोधन प्रस्ताव दर्ता गरेका छन।
दर्ता गरिएको संशोधन प्रस्ताव माथि छिट्टै छलफल गरिने जनाईएको छ।
शनिबार नगरपालिकाले चौधौ नगरसभामा तथा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो। नगरसभामा नगर प्रमुख भीम बहादुर चन्दले कुल ४८ करोड ५ लाख ९५ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो।
जस अन्तर्गत संघिय बितिय समानिकरण तर्फ ९ करोड १६ लाख, संघिय राजश्व बाडफाड तर्फ ९ करोड ४९ लाख, ससर्त अनुदान तर्फ २४ करोड ४८ लाख ४१ ह्जार, प्रदेश बित्तिय समानिकरण तर्फ ७८ लाख ८६ हजार, राजश्व बाँडफाँड प्रदेश ४३ लाख ६८ हजार, विषेश अनुदान संघिय तर्फ १ करोड, विषेश अनुदान प्रदेश तर्फ ८५ लाख, समपुरक अनुदान प्रदेश तर्फ ९५ लाख, सडक बोर्ड नेपाल पुजीगत तर्फ ४० लाख र नगरको आन्तरिक श्रोत बाट ५० लाख रहेको जानकारी गरिएको थियो।
१२ बुँदामा संशोधन प्रस्ताव दर्ता


