बैतडी: शिवनाथ गाँउपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमबारको १३ औँ गाँउसभामा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको गाँउपालिका प्रबक्ता केशव बहादुर चन्दले बताउनुभयो।
वार्षिक निति तथा कार्यक्रम गाउपालिका अध्यक्ष कर्ण सिह साउदले प्रस्तुत गर्नु भएको थियो। यसैगरी आर्थिक विधेयक गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद र विनियोजन विधेयक गाँउपालिका प्रबक्ता केशव बहादुर चन्दले गाँउसभामा प्रस्तुत गनुभएको जनाईएको छ।
शिवनाथ गाँउपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि ३५ करोड २३ लाँख ३८ हजार ५०० रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको प्रबक्ता चन्दले बताउनुभयो। सबै क्षेत्रलाई समेट्दै निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको उहाले बताउनुभयो।
भौतिक पुर्वाधार निर्माण र सुशासनको अनुभुती हुने खालको कार्यक्रम रहेको गाँउपालिकाको दावी छ।