बैतडीको महारुद्र स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री प्रमाणीकरण

बैतडी–बैतडीको महारुद्र स्वास्थ्यचौकीकिशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएको छ ।
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि महारुद्र स्वास्थ्यचौकीलाई सोमबार एक कार्यक्रमकाबीच किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण गरिएको हो ।
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले महारुद्र स्वास्थ्यचौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको मेलौली नगरपालिकाका नगर-प्रमुख भीम बहादुर चन्द्ले बताउनुभयो।
नेपाल सरकारले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेकाले स्वास्थ्यचौकीमा किशोरकिशोरी मैत्री सेवा संचालन गरिएको उनले बताउनुभयो।
महारुद्र स्वास्थ्य चौकीले सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको हो ।
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएकाले अब स्थानीय तहहरुले पनि किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि पहल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ भट्टले बताउनुभयो
सलेना स्वास्थ्यचौकीबाट किशोरकिशोरीहरुका लागि आवश्यक स्वास्थ्य सेवाहरु प्रदान भइरहेका र यसलाई अझै प्रभावकारी बनाइने महारुद्र स्वास्थ्यचौकीका प्रमुख जगदीशचन्द्र भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.