किशोर किशोरी सम्बन्धि १६ दिने रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रजनन स्याहार केन्द्र NFCC को प्राबिधिक सहयोग र युएनएफपीएको आर्थिक सहयोगमा रुपान्तरण कार्यक्रम बैतडीको पाटनमा सम्पन्न भएको हो ।
बुधबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहरा अपी रहनुभएको थियो । अतिथिमा पाटन नगरपालिकाका कार्यपालिका सदस्य रमेश कोली रहेका थिए । गत जेठ २९ गतेबाट सुरु भएको कार्यक्रम असार १२ गते बुधबार सम्पन्न भएको एनएफसीसीका आउट रिच अफिसर लोकेन्द्र जोशीले जानकारी दिनुभयो।
बैतडीका दशरथचन्द, पाटन र मेलौली नगरपालिका र सुर्नया, सिगास, डिलाशैनी र दोगडाकेदार गाउपालिका गरि ७ वटा स्थानिय तहहरुबाट ५६ जना किसोर किसोरीहरुको सहभागीता रहेको थियो । जसमध्ये ४६ जना किशोरी र १० जना किसोरहरु सहभागी रहेका NFCC का आउट रिच अफिसर जोशीले बताए।
कार्यक्रममा प्रमुख अतिथि तथा पाटन नगरपालिकाका उपमेयर बोहराले नगरपालिकाबाट हुने सहयोग गर्न तयार रहेको बताए । रुपान्तरण कार्यक्रमले किसोर किसोरिहरुको क्षमता विकास र बाल बिवाह न्युनिकरणको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।