बैतडी : नेकपा एमाले मेलौली नगर कमिटीले दोशिलाई कार्वाहीको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ। मेलौली नगरपालिका–०२ का पूर्व वडा अध्यक्ष महेन्द्र बहादुर चन्द माथि र मेलौली नगरपालिकाको जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीमाथी भएको घटनामा दोशिलाई कार्वाहीको माग गरिएको छ।
मेलौली नगरपालिका–०२ का पूर्व वडा अध्यक्ष चन्दलाई नगर प्रमुख भिम बहादुर चन्दको निबासमा मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले गालि बेज्जती र हातपात गरेको आरोप लागेको छ। यसैगरी मेलौली–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिकाको जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीलाई कुटपिट गरेको घटनामा दोशिलाई कार्वाहीको माग गरिएको छ।
नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष भिम दत्त भट्टले विज्ञप्ती जारी गर्दै दुईटै घटनाको निष्पक्ष छानविन गरि दोशिलाई कार्वाहीको माग गरेका छन।
