बैतडी : मेलौली नगरपालिकाका कर्मचारीहरुलाई काममा फर्किन वडा न ९ का वडाध्यक्ष लोकराज भट्टले आग्रह गरेका छन। जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीमाथी कुटपिट भएको भन्दै सेवा ठप्प पारेका कर्मचारीलाई काममा फर्किन वडाध्यक्ष भट्टले आग्रह गरेका छन।
वडाध्यक्ष भट्टले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै जिन्सी शाखामा कार्यरत कर्मचारी जोशीमाथी हातपात नगरेको दावि गरेका छन। बिहीबार कामको शिलशिलामा नगरपालिका र पालिका शाखाहरुमा वडाबाट गरिएका सिफारीसको कार्यान्वयनबारे छलफल गर्दा जिन्सी शाखाबाट वडाको सिफारीस बिना वडाको सिलिङ्ग बजेट खर्च गरिएको बिषयलाई कार्यालय प्रमुखको कार्यकक्षमा सोधपुछ गर्दा जिन्सी शाखामा कार्यरत जोशीले बिषयान्तर गर्न खोजेको बिज्ञप्ती मार्फत जनाएका छन।
यसैगरी बिज्ञप्ती मार्फत वडाध्यक्ष भट्टले अन्य कर्मचारीहरुले बिषयको गम्भीयर्ता नबुझि आन्दोलित भई सेवा ठप्प पार्नु आफ्नो लागि दुर्भाग्य भएको बताएका छन। सुशासन र सर्वसुलभ सेवाका बिषयमा कर्मचारीसगं छलफल गर्नुलाई अतिरञ्जीत नगरिदिन सबै कर्मचारीमा अनुरोध समेत गरेका छन।
लामो समयपछि नगरपालिकाले कार्यालय प्रमुख र लेखापाल पाई कार्य सुचारु भएको अवस्थामा सेवाग्राहीको काम रोकिनु दुःखद र लज्जितको बिषय बनेको बताएका छन। आफुले सम्बन्धित बिषयमा सोधपुछ मात्र गरेको र हातपात नगरेकाले सबै कर्मचारीहरुलाई काममा फर्किन आग्रह गरेका छन।
वडाध्यक्ष भट्ट र जिन्सी शाखाका कर्मचारी जोशि बिचको घटना प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा भएको हो। वडाले कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुख समक्ष पेश गर्नुभएको थियो।
तर उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिस बिनै खर्च भईसकेको कुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत चन्दको कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच सानोतिनो बिवाद भएको वडाध्यक्ष भट्टको भनाई रहेको छ। जिन्सी शाखा प्रमुख जोशीले भने वडाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकको बजेट खर्च नभएको र केहि समान खरिद गरि वडामा पठाईसकेको भन्ने कुरा गर्ने बेला आफुमाथी हातपात भएको दावि गरेका छन।
बिहीबार कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटि अठ्याँई कुटपिट गरेको आरोप लगाएका छन। कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसंग छलफल गरिरहेको बेला कुटपिट भएको जनाईएको छ।
कर्मचारीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई आवश्यक कार्वाहीको माग गरेका छन। कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको समेत विज्ञप्ती मार्फत जानकारी गरिएको छ।
