बैतडी : यो वर्षको एसईई परीक्षामा बैतडीको धर्मघर मावि सलेनाकी छात्रा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएकी छिन्। बैतडीको मेलौली नगरपालिका वडा नम्वर-२ स्थित धर्मघर माद्यामिक विद्यालयकी छात्रा ज्योति जोशीले एसईई परीक्षामा पालिका भरबाट सबैभन्दा बढि ३।७२जिपिए प्राप्त गरेकी हुन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिवार सार्वजानिक गरेको नतिजा अनुसार बैतडीबाट एसईई परीक्षामा सहभागि ३१ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। जिल्लाबाट एसईईमा सहभागी भएका ६८।५१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। एसईई परीक्षाका लागि ५ हजार ८७ जनाले फारम भरेकोमा ४ हजार ८ सय ९४ जनामात्रै परीक्षामा सहभागी भएका थिए।
एसईई सहभागी भएका मध्ये १ हजार ५सय ४१ जनामात्रै उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। परीक्षामा सहभागी भएका ३ हजार ३५ जना अनुत्तीर्ण भएका उनले बताउनुभयो।