देउवाले पदाधिकारीलाई जानकारी गराए एमालेसँग भएको समझदारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन्। आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन्।

नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए। तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन। यद्यपि गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन्।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बैठकपछि पत्रकारहरुलाई बताए। उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने बताए।

अहिलेसम्मको समीक्षाबाट र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने कांग्रेस प्रवक्ता महतले बताए। एमालेसँगको समझदारीलाई अनुमोदन गर्न बुधबार बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको प्रवक्ता महतले जानकारी दिए।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बन्ने बताए। नभए संविधान अनुसार प्रकृया अघि बढ्ने उनले बताए।

अनलाईन खबर

Leave A Reply

Your email address will not be published.