प्रधानमन्त्रीको पक्षमा अब माओवादी, रास्वपा र एकीकृत समाजवादी मात्रै बाँकी छन् । माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीको पक्षमा गरी ६३ सांसद छन्।
यसअघि सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन्। कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आउँदो २८ गते पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ।
पछिल्लो पटक प्रधानमन्त्री बनेयता उहाँले प्रतिनिधिसभाबाट २०७९ पुस २६, दोस्रो पटक २०७९ चैत ६, तेस्रो पटक २०८० फागुनमा र चौथो पटक गएको जेठ ७ गते विश्वासको मत लिनुभएको थियो ।