घरमाथिबाट पहिरो खस्दा बैतडीको शिवनाथमा एक परिवार विस्थापित

बैतडी: लगातारको बर्षाका कारण घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित भएको छ। शिवनाथ गाउँपालिका १ बण्डका भानसिंह साउँदको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुर्याएको हो।

आइतबार बिहान खसेको पहिरोले साउँदको दुईतले कच्ची घरमा क्षति पुर्याएको छ भने भान्छा घर र गोठ पुरेको छ। घरको छतमा पहिरोसहित रुख खसेपछि अहिले भानसिंहको परिवार छिमेकी देवानसिंह साउँदको घरमा आश्रय लिएर बसीरहेको शारदा मावि मटेलाका शिक्षक दिपकसिंह साउँदले बताए।

साउँदको घरमा भएको सबै सरसामान र पशुचौपायालाई छिमेकीकै घरमा लगिएको उनले बताए। घरमाथिबाट पहिरो खसेकाले जोखिम बढेपछि साउँदको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको हो।

Leave A Reply

Your email address will not be published.