बैतडी: पाटनमा अलपकालिन सुरक्षीत आवास गृहको आफ्नौ भवन निमार्ण गरिएको छ। संघिय सरकारको सहयोगमा पाटन नगरपालिका मार्फत चालु आर्थिक बर्ष निमार्ण सम्पन्न भएको हो। सुरक्षीत आवास गृहका लागि केन्द्र सरकारले ८० लाख रकम विनियोजन गरिएकोमा निमार्ण कम्पनीले ५२ लाखमा निमार्ण गरेको हो।
टेण्डर प्रक्रियामा मार्फत धर्मदेव निमार्ण सेवा पाटन नगरपालिका-१ ले जेठ महिनामै निमार्ण सम्पन्न गरेको निमार्ण व्यवसायी दिनेश लामीछानेले बताए। शोमबार धर्मदेव निमार्ण सेवाले भवनको विधिवत पुजा गरेर पाटन नगरपालिकालाई हस्तातरण गरेको नगर उपप्रमुख कमल सिह बोहराले बताए।
अलपकालिन सुरक्षीत आवास गृहको आफ्नौ भवन नहुदाँ भाडाको घरबाट सेवा दिइरहेको थियो। अलपकालिन सुरक्षीत आवास भवन निमार्ण भएपनि सेवा ग्राही बढ्दै गरेपछि संचालन गर्ने समस्या हुने गरेको जनाएको छ।