बैतडी -पाटन नगरपालिका वडा न-१ स्थित श्री भुमिराज आधारभुत विद्यालय बाटुलासौंका प्रधानाध्यापकको एक कार्यक्रमका बिच विदाई गरिएको छ । विधालयका प्रधानाध्यापक बसन्त राज शर्माको विदाई गरिएको छ । शिक्षण सेवाबाट अवकास प्राप्त भएपछि शिक्षकको विदाई गरिएको अभिभावक भान बहादुर चन्दले बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर चन्द र शिक्षक अभिभावक संघका अध्यक्ष केशव बहादुर चन्दले फुलमाला, अविर लगाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
शिक्षक शर्मा २०४५ साल देखि २०७४ साल सम्म शिक्षक पदमा रहि सेवा प्रदान गरेका थिए ।भने २०७४ पौष १ गते देखि प्र.अको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
विदाई समारोह कार्यक्रममा बोल्दै वि.व्य.स अध्यक्ष मीन बहादुर चन्दले लामो समयको अनुभव रहेकाले बसन्त सर विदा भए पनि अभिभावकको नाताले विद्मालयको स्तरलाई सुधार्न महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।
यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष केशव बहादुर चन्दले शिक्षक शर्माको विधाई गर्दैे शिक्षक शर्माले विद्यालय गरेको योगदान अमुल्य रहको बताउनुभयो ।
विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासको क्षेत्रमा सेवानिवृत्त प्रधानाध्यापक शर्मले पुर्याउनु भएकोे महत्वपूण योगदानको उच्च सम्मान गर्दै अभिभावकहरुले वहाँको आगामी सेवानिवृत्त जीवनको सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
विदाई कार्यक्रममा शर्माले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफूलाई यो यो समय सम्म बिद्यालयले आफ़नो बिगतको कर्मको कदर गरेको र आउदा हरेक दिनहरुमा समेत आफ़ुले बिद्यालय बाहिर बाट विद्यालयलाई निरन्तर सकेको सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने वचन दिनुभयो ।
