गाउँपालिका अध्यक्ष चन्दलाई गाली गर्ने युवकविरुद्ध मुद्दा, पक्राउ पूर्जी जारी

बैतडीको पचेश्वर गाउँपलिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई तथानाम गाली गर्ने एक युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। गाउँपालिका अध्यक्ष चन्दले आफूलाई समाजिक सञ्जालमा बेला-बेला फेक आइडीबाट गाली गर्ने तथा विभिन्न आरोपहरु लगायने पञ्चेश्वर-४ बस्ने प्रकाश चन्दविरुद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरेका हुन्।

देश बाहिरबाट जनप्रतिनिधीहरुको व्यक्तिगत जिवनमाथि आँच आउने भाषामा गाली गरेकाले मुद्दा र्ता गर्नुपरेको अध्यक्ष चन्दले बताए। युवक चन्दलाई ७ भित्र अदालतमा उपस्थित हुन भनिएकोमा अदालतको आदेश नमानेपछि अहिले ३५ दिने पक्राउ पूर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीलाई पक्राउ पूर्जी लेख्दै अदालतले तत्काकल पक्राउ गर्ने भनिएको छ। यदी सो अवधिमा पक्राउ नपरेका वा अदालतमा उपस्थित नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने उल्लेख छ।

Leave A Reply

Your email address will not be published.