बैतडीका जनकको जापानमा मृत्यु, अध्ययनको लागि गएका थिए

बैतडी: पाटन नगरपालिका-३ का एक युवकको जापानमा निधन भएको छ। अध्ययनको लागि करिब ३ महिनाअघिमात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको आफन्तले बताएका छन्।

जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन्। ‘मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनार गएका रहेछन्, त्यही डुबेर मृत्यु भएको खबर पाएका छु, मलाई पनि बिहान खबर भयो, थप कुरा प्रहरीले अनुसन्धान गरीरहेको बुझेको छु,’ जापानमा रहेका एक आफन्तले स्टार बुलटिनसँग बताए ।

लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ।

Leave A Reply

Your email address will not be published.