कहाँ पुग्यो?उग्रतारा –मेलौली सडक निमार्ण कार्य

आर्थिक बर्ष २०७४÷७५बाट डडेल्धुराको उग्रतारा मन्दिर नजिक अमरगढी नगरपालिका वडा नं ७ रातागौनबाट सडक निमार्णको कार्य थालिएको हो । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा प्रदेशको भौतिक मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय डडेल्धुरा अन्तरगत उक्त सडक निमार्ण कार्य भएको हो ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले पहिलो चरणमा रु १२ करोड ८५ लाखमा आठ किलोमिटर र दोस्रो चरणमा रु २३ करोडमा दश किलोमिटर सडक निमार्ण कार्य सम्पन्न भएको वताउनुभयो । पूर्वाधार विकास कार्यालयको जिम्मामा रहेको अठार किलोमिटर सडक कालोपत्रे गरि अजयमेरु गाउँपालिकाको वडा नं २ चमडा सम्म माघमै सम्पन्न भएको छ ।
त्यसपछिको काम सडक डिभिजन कुलपातेले गर्दै
अजयमेरु गाउँपालिका वडा नं २ चमडा यताको सडक कालोपत्रे गर्ने कार्य अहिले सडक डिभिजन कार्यालय कुलपाते डोटीले गरिरहेको छ । कार्यालयले सुदूरआवाजलाइ दिएको जानकारी अनुसार थप साडेतीन किलो मिटर सडक कालोपत्रे गर्ने कार्य ४० प्रतिशत सम्पन्न भएको छ । कार्यालयका अनुसार ९ करोड ४४ लाखमा ठेक्का सम्झौता भइ काम भैरहेको छ ।
मेलौलीमा के हुँदैछ?
डडेल्धुराको उग्रतारा मन्दिर र बैतडीको तल्लो स्वराडमा पर्ने मेलौली मन्दिरलाई सिधै जोड्ने र तल्लो स्वराड क्षेत्रमा रहेका मेलौली नगरपालिका समेत शिवनाथ र पञ्चेश्वर गाउँपालिका जोड्ने लक्ष्य लिएको उक्त सडकको मेलौली क्षेत्रमा पनि काम भइरहेको छ । मेलौली नगरपालिकाका नगर प्रमुख भीमवहादुर चन्दले सडक कटिङ,नाली निमार्ण तथा पानी पिचको काम भैरहेको बताउनुभयो । तर यस खण्डमा वन क्षेत्र पर्ने भएकाले अहिले सम्म वातावरणिय प्रभाव मुल्याँकनको प्रक्रया अगाडी वढेको छैन।

नगर प्रमुख चन्दले वडा नं १ मा पर्ने भल्या सामुदायिक वन क्षेत्रमा वातावरणीय प्रभाव मुल्याँकनको कामका लागि प्रक्रया थालिएकोमा चांडै वातावरणीय प्रभाव मुल्याँकनको काम गरिने बताउनुभयो ।

 

रेडियो सुदुरआवाज

Leave A Reply

Your email address will not be published.