बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा .न ३ स्थित स्वास्थ्य कुलाउ चौकीमा कार्यरत दुई जना कर्मचारी सम्मानित भएका छन ।
कुलाउ स्वास्थ्य चौकी व्यस्थापन समितिले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट काम गर्ने दुई जना कर्मचारीहरुलाई खादा लगाई र प्रमाण पत्रसहित सम्मान गरेको वडा न ३ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष मीन बहादुर चन्दले बताउनुभयो ।

आथिर्क बर्ष २०८०÷८१ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अ.न.मी कलावती कुमारी चन्द र ल्याव असिटेन्ट सचिदानन्द पन्त रहेका छन।उत्कृष्ट कर्मचारीहरु छनोटका सुचकहरु तयार गरी बर्षभरीमा उहाँहरुले गरेको कार्यसम्पादनको आधार बनाइ पुरस्कृत कर्मचारीहरुको छनोट गरिएको बताउनुभयो ।

जनताको सेवाका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीहरुलाई इमानदारिताका साथ काम गर्न समेत वडा अध्यक्ष चन्दले आग्रह गनुभयो । कार्यक्रममा स्थानिय बुद्धीजिवि र समाजसेवीहरुको समेत उपस्थिती समेत रहको थियो

