भारतको धौलीगंगा बाधँ खोलियो, स्थानीयलाई सतर्कता अपनाउन आग्रह

बैतडी-भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाधँमा पानीको मात्रा बढेको र ढोका सिल्ट सरसफाइ समेत गर्नुपर्ने भएकोले आज बिहान ८ः१५ बजे बाँध खुला गरीएको हो ।

बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पुर्ब सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो । धौलीगंगा बाँधको पानी आईतवार सम्मका लागी खुल्ला गरिने बताईएको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुला देखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न जिल्ला प्रशासन कार्यालय  दार्चुलाले आग्रह गरेको हो ।

Leave A Reply

Your email address will not be published.