बैतडी-बैतडीका सुरेश सिंह साउँदको गाडी दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश सिंह साउँदको भारतको हरियाणा भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताउनुुभयो ।
उनका अनुसार सुरेश ५ बर्ष पहिला देखी एक होटेलमा काम गर्थे । डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो ।
गाउँले दाजुभाई संगै पैँसा कमाउन विदेशिएका उनी अब कहिल्यै नफर्किने गरि यो संशारबाट बिदा भएका छन् । सुरेश घरको जेठा छोरा हुन् । उनको घरमा आमा एक भाई र एक बहिनी छन् ।