बैतडी-बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ सिरोडाको जङ्गलबाट एक जना बेवारिसे वृद्धको उद्धार गरिएको छ।
वनमा स्थानियहरुले बेवारिसे अवस्थामा देखेपछि विहिबार वृद्धको उद्धार गरेको समाजसेवी तथा सीमपानी होटेलका संचालक खेम राज भट्टले बताउनुभयो ।
उद्धार गरिएका ७८ वर्षीय वृद्ध नाम नर सिंह र घर रत्का बनाउने गरेको ईलाका प्रहरी कार्यालय त.स्व देही का प्रहरी नायब निरिक्षक (सइ) नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।गाउँ टोलमा गएर फोटो देखाएर सोधखोज गरेको बताउँदै, प्रहरी नायब निरिक्षक(सइ) चन्दले भने,‘त्यस क्षेत्रका टोल–टोलमा फोटो देखार्ई सोधखोज गर्दा कसैले पनि यहाँको हो भन्न सकेका छैन ।
केही दिन अगाडी देखी मेलौलीमा रहेका वृद्ध विभिन्न व्यक्तिका घरमा र बजारमा खाने बस्ने गर्ने गरेको खुले पनि वास्तविक घर कहाँ, परिवारको अवस्था बोरे केही खुल्न सकेको छैन। वृद्धले भनेका कुराका आधारमा परिवार पत्ता लगाउने काम भइरहेको बताईएको छ ।
बेवारिसे वृद्धलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका लागी लागि भर्ना गरिएको छ । उनको अहिलेअवस्था सामान्य रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयालले बताउनुभयो ।