बैतडी : प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रले आर्थिक बर्ष २०८०/८१ को सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई मंगलबार सम्पन्न गरेको हो।
कार्यक्रममा आर्थिक प्रगतीमा विभिन्न कार्यक्रम तथा ओपीडि टिकेट शुल्क, खोकाटहरा, एम्बुलेन्स सेवाबाट जम्मा आम्दानी ४१ लाख ४१ हजार ७ सय २६ देखाएको छ। भने खर्च २७ लाख ८७ हजार ९७ भएको जनाएको छ।
खोका टहराबाट भाडा मार्फतको रकम संकलन नभएको २ लाख २३ हजार ७ सय ६ रहेको सिनियर अहेब ईन्द्र सिह बिष्टले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। व्यपारीक परियोजनका लागि स्वास्थ्यको जग्गामा बनेको संरचनाको जग्गा भाडा प्राथमिक स्वास्थ्य केन्द्र पाटनले उठाउने गरेको छ। यसका बिषयमा सुनुवाईमा छलफल भएको भएपनि व्यवसायीहरु उपस्थीत भएनन् ।
यसै एम्बुलेस सञ्चालनमा समस्या सिर्जना भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका इन्चार्ज प्रेम प्रकाश भट्टले बताए। उनले भने, नेता, ‘जनप्रतिनिधी फोन गर्छ नदिएमा दिएन भन्छन राजस्व तिर्दैन् समस्या भएको छ। बार्षिक १२ हजारको डिजेल दिन्छु कोही चलाउनुस यहाँ समस्या भएका छ।’
गाउँघर किल्नीक र खोप केन्द्रको संरचना नहुँदा समस्या सिर्जना भएको महिला स्वंमसेवीकाले सुनुवाईमा प्रश्न गरेका थिए। जवाफमा वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टले क्मीक रुपमा बजेट पुगेसम्म निर्माण गरिरहेको बताए।
उनले स्वास्थ्य क्षेत्रको बिकासमा आफु लागेको बताए। वडा अध्यक्ष बिष्टले स्वास्थ्य क्षेत्रको सरकारी जग्गा दुरूपयोग भएकाले नगरपालिकाले एक्सन दिनु पर्ने बताए। खोकाहरु पनि नगरपालिकाले आफ्नो मातहतमा ल्याउन पर्ने उनको भनाई थियो।
पाटन नगरपालिका उपप्रमुख कमलसिह बोहरा (अपी) लगायतका जनप्रतिनिधी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो।