बैतडी-बैतडीका एक जना भारतमा बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका–५ खकलाईका ४० वर्षीय नारायण दत्त पन्त भारतको दिल्लीमा बेपत्ता भएका हुन् ।
पन्त ८ दिनदेखि बपेत्ता छन् । कामको सिलसिलामा १५ बर्ष पहिले भारत गएका पन्त साउन २६ गते साँझबाट सम्पर्क विहिन भएका उनी अहिले सम्म सम्पर्कमा नआएका उनका भार्ई गणेश दत्त पन्त पन्तले बताउनुभयो ।उनका अनुसार पन्त भारतको दिल्ली (जोनापुर)स्थित आफ्नै होटल खोलेर व्यावसाय गरिरहेका थिए ।
बेपत्ता पन्तलाई कहीँ कतै कसैले देखे खबर गरिदिन आफन्तले अनुरोध गरेका छन् ।पन्तलाई कसैले देखे ७८४००६८९१३,८१७८४८०८३२,९८६६१०३०६३ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । पन्तका श्रीमती दुई छोरा र एक छोरी रहेका छन् ।