बैतडीमा भन्सार छलीका सामान बरामद

बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० बाराकोट स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ९७५ मूल्यको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको प्याज, दाल, मिश्री, चिनी, चियापत्ति, मिठाई, नरिवल, अचार, चप्पल, मेहेन्दी, अन्डरबेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.