बैतडीको पञ्चेश्वरमा उदयदेव देवताको मन्दिर निमार्ण

बैतडी : पञ्चेश्वर गाउँपालिका–४ फेउलीमा उदयदेव देवताको मन्दिर निमार्ण गरिएको छ। गाउँपालिको सहयोग र जनश्रमदान सहित चन्दा संकलनबाट उदयदेव महाराज देवताको मन्दिर निमार्ण गरिएको मन्दिर व्यवस्थापन सल्लाहकार सदस्य बिरेन्द्र चन्दले बताउनुभयो।

गाँउपालिकाको १७ लाँख र जनश्रमदान सहित चन्दा वाफतको ४६ लाँख ५० हजार ७९५ रुपैँयामा मन्दिर निमार्ण गरिएको उदयदेव महाराज फेउली क्षेत्र विकास कोष तथा धार्मिक सेवा समितिले जनाएको छ। मन्दिर निमार्णसगैँ ३ कोठे धर्मशाला र ४ शौचालय पनि निमार्ण गरिएको छ।

मन्दिर क्षेत्रमा सडक बिस्तार नभएकाले गाउँपालिको बिनायक बुङ्गाबाट मन्दिरसम्म ९०० मिटर सडक समेत बिस्तार गरिएको चन्दले बताउनुभयो। मन्दिर, धर्मशाला, शौचालय निमार्ण र सडक बिस्तारमा गरेर कुल ६२ लाँख ४९ हजार ९३३ रुपैया खर्च भएको मन्दिर समितिले जनाएको छ।

मन्दिर निमार्ण सम्पन्नसगैँ उदयदेव महाराज फेउली क्षेत्र विकास कोष तथा धार्मिक सेवा समितिले शनिवार सार्वजनीक सुनुवाई पनि गरेको छ। मन्दिर निमार्णको लागि भएको खर्च लगायत अन्य व्यवस्थापनको जानकारीका लागि सार्वजनीक सुनुवाई गरिएको जनाईएको छ।

मन्दिर निमार्णमा करिब १ बर्ष समय लागेको मन्दिर व्यवस्थापन सल्लाहकार सदस्य चन्दले बताउनुभयो। मन्दिर परिसरमा सरसफाई लगायत समान्य काम बाकि रहेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.