बैतडी: अवैध रहेको सूचनाका आधारमा मोटरसाइकल प्रहरीले खोजी गरिरहेको छ। दुइ दिनमा चार जना पक्राउ परेका छन्। बिशेष सूचनाका आधारमा अवैध मोटरसाइकल समेत बरामत गरेको छ।
जिल्लाको शिवनाथ गाउँपालिका-६ का त्रिलोकसिंह धनाडीले चलाईराखेको सुपप्र ०१००८ प १३७४ नम्बर लेखेको मोटरसाइकल चेकजाँच गर्दा कागजपत्र नभेटिएको र भारतबाट अवैध रुपमा ल्याएर चलाएको पाइएपछि थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
शनिबार नियन्त्रणमा लिएका धनाडीलाई मोटरसाइकलसहित आइतबार भन्सार कार्यालयमा बुझाईएको हो। यस्तै जिल्लाको पाटन नगरपालिका-६ का अशोक बिष्टले चोरीको मोटरसाइकल लुकाइराखेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले बिष्टको घरबाट प्रदेश ३–०२–००९ प ०६०७ नम्बर लेखेको मोटरसाइकल नियन्त्रणमा लिएको छ।
शनिबार बिष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त मोटरसाइकल भारतबाट अवैध रुपमा ल्याइएको र कुनै कागजात समेत फेला नपरेको प्रहरी निरीक्षक पाण्डेयले बता । साथै उक्त मोटरसाइकल बेचबिखनमा संलग्न पाटन-६ का चम्मन भट्ट र वसन्त पाण्डेयलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मोटरसाइकलसहित थप कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बता।
पाटन, मेलौली, शिवनाथ र पचेश्वरमा ५० बढी अबैध मोटरसाइकल सञ्चालनमा रहेको भन्दै प्रहरीले खोजी गदैछ। आइतबार पाटन-६ को पाटन पञ्चेश्वर सडकमा बेवारिसे छोडेको मोटरसाइक इलाका प्रहरी पाटनले नियन्त्रणामा लिएको छ। थप अनुसन्धान जारी छ।