बैतडी-बैतडीको मेलौली नगरपालिका वडा न -१ स्थित सिंगापुर आधारभुत विद्यालयको २५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विविध साँस्कृतीक कार्यक्रम सहित वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
विव्यस अध्यक्ष मनिषा बिष्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेलौली नगरपालिका वडा न -१ का वडा सदस्य द्रोपदी दयाल प्रमुख अतिथी रहनु भएको थियो ।बिशिष्ट अतिथिमा शिक्षक अभिभावक संघका अध्यक्ष राधे विष्ट रहनु भएको थियो ।
विद्यालयका शिक्षक तथा अविभावकको उपस्थितीमा मंगलबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजेश्वरी विष्टले बताउनुभयो ।
२०८० को शैक्षिक मुल्यांकनका आधारमा कक्षागत तथा बिद्यालयगत प्रथम, द्वितीय, तृतिय स्थान हाँसिल गर्ने र अन्य बिबिध बिधामा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको प्रधानाध्यापक विष्टले बताउनुभयो ।