शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मणिलेक नमुना माविमा अभिभावक भेला सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका ७ स्थित मणिलेक नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका शिक्षक, अभिभावक र सरोकारवाला बिच बुधबार अन्तरक्रिया तथा कार्यक्रम अभिभावक भेला सम्पन्न भएको प्रधानाध्यापक देव दत्त कलौनीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सिंह भाटको सभाध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख  आतिथ्यता रहेकोे थियो।
शैक्षिक सुधारका लागी अतिरिक्त कक्षाहरु सञ्चालन गरि सिकाई उपलब्धी बढाउन सकिने मेलौली नगरकार्यपालिका सदस्य पार्वती ओझाले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
यस्तै एक पक्षले मात्र नभई विद्यालयको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन विद्यार्थी , शिक्षक,अभिभावक र सरोकारवाला सबैले समयको पालना गर्न सकेमा शिक्षाको गुणस्तरमा सुधार हुने मेलौली नगर शिक्षा समिति सदस्य पवित्रा कलौनीले बताउनुभयो ।
कार्यक्रममा भर्खरै सम्पन्न प्रथम त्रैमासिक परिक्षाको नतिजा बिश्लेषण तथा समिक्षा गरिनुको साथै सुधार गर्नुपर्ने पक्ष माथि पनि छलफल गरिएका प्रधानाध्यापक देव दत्त कलौनीले बताउनुभयो ।
साथै गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासम अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन प्रधानाध्यापक कलौनीले अभिभावक लाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले विद्यालयमा उपलब्ध प्रविधिको प्रयोग गरि शिक्षण गर्न आग्रह गर्नुभयो ।
आफुले शैक्षिक गुणस्तर सुधार लागी नगरपालिकामा सबैलाई समेट्ने गरी बिभिन्न कार्यक्रमहरु गरिरहेको र सुधारका लागि पालिकाले हर सम्भव प्रयास गरिरहेको बताउनुभयो।

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी,अभिभावक संघका अध्यक्ष सुरेन्द्र सिंह भाट लगायत पदाधिकारी ,र सरोकारवालाहरुको लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक चक्र बहादुर चन्दले गर्नुभएको थियो।विद्यालयमा शिक्षामा गुणस्तर ल्याउन आफुहरु बढी चिन्तित भएको अभिभावकहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.