उच्च प्रदूषण : बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने

बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ। विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर क्वालिटी लाइफ इन्डेक्सले निकालेको प्रतिवेदनमा उल्लेख छ।

बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण ९पिएम २।५० ले यी मानव श्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याइरहेको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। पिएम २।५ भन्नाले २।५ माइक्रोन वा योभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ ।

यी कण धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ । बङ्गलादेशको राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषण उच्च छ। प्रदूषणले त्यहाँका मानिसको ६ वर्षभन्दा धेरै उमेर घटाइरहेको प्रतिवेदनमा उल्लेख छ।

वार्षिक औसत कण प्रदूषण डब्ल्यूएचओले निर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बङ्गलादेशका १६ करोड ६४ लाख मानिस बस्दछन्। देशको ९६ दशमलव आठ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन्।

Leave A Reply

Your email address will not be published.