बैतडीका १० वटै स्थानीय तहमा रास्वपाको पालिका समिति गठन

बैतडीका १० ओटै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पालिका समिति गठन गरेको छ। केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको पालिका समिति गठन गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री एवं केन्द्रीय प्रतिनिधि भोजराज जोशी (क्वालिटी)ले बताउनुभयो।

नगरपालिकामा १५ सदस्यीय र गाउँपालिकामा ११ सदस्यीय समितिहरु गठन गरिएको रास्वपाका युवा नेता विशाल भट्टले जानकारी दिए। केन्द्रीय प्रतिनिधि जोशीका अनुसार दशरथचन्द नगरपालिकामा दशरथचन्द नगरपालिकामा बिरादत्त पन्त, पाटन नगरपालिकामा तिलक चन्द, पुर्चौंडी नगरपालिकामा रामसिंह साउँद र मेलौली नगरपालिकामा महेन्द्र भट्ट सभापति रहने गरेर नगर समिति गठन गरिएको छ 

यस्तै सुर्नया गाउँपालिकामा हरजित बिष्ट, दोगडाकेदार गाउँपालिकामा नैनसिंह कार्की, डिलाशैनी गाउँपालिकामा करन बोहरा, सिगास गाउँपालिकामा सूर्यबहादुर बोहरा, शिवनाथ गाउँपालिकामा मोहनसिंह साउँद र पञ्चेश्वर गाउँपालिकामा बिरबहादुर चन्द सभापति रहने गरेर समिति गठन गरिएको युवा नेता भट्टले बताउनुभयो।

पालिकाहरुमा नयाँ समिति गठन गरिएसँगै संगठन विस्तारको अभियानलाई तीव्रता दिने केन्द्रीय प्रतिनिधि जोशीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.