बैतडीको पञ्चेश्वरद्धारा सन्दर्भ सामग्री प्रकाशन, स्थानीय पाठ्यक्रम कार्यान्वयनमा सहज

बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री प्रकाशन गरेको छ। गाउँपालिकाले गत बर्ष कक्षा १देखि ५ र कक्षा ६ देखि ८ को स्थानीय पाठ्यक्रम तयार पारेको थियो।

स्थानीय बिषयवस्तु, स्थानीय परिवेश, स्थानीय सरकार, स्थानीय संस्कृति, भेषभुषा, भाषा र सामाजिक परिवेशका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिनका लागि ‘हाम्रो पञ्चेश्वर’नामक पाठ्यक्रम तयार पारिएको थियो।

उक्त पाठ्यक्रमलाई कक्षाकोठामा सहज रुपमा पठनपाठन गराउनका लागि सन्दर्भ सामग्री प्रकाशन गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाभरीका सबै विद्यालयमा सन्दर्भ सामग्री पुर्याइसकिएको अध्यक्ष चन्दले बताए।

विज्ञ समूह बनाएर गाउँपालिकाले शिक्षा शाखामार्फत सन्दर्भ सामग्री तयार पारेको हो। पञ्चेश्वर गाउँपालिकाभित्र ३५ ओटा सामुदायिक विद्यालयहरु रहेका छन्। ती सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री पुर्याइसकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री बनाउनु निकै राम्रो कुरा भएको नागार्चन मावि रन्तोलीका प्रधानाध्यापक गणेशसिंह भण्डारीले बताए। यसले पाठ्यक्रममा भएका बिषयवस्तु बालबालिकालाई बुझाउन सजिलो हुने उनले बताए।

Leave A Reply

Your email address will not be published.