बैतडीको मेलौलीकी प्रमिला कलिलो उमेरमै अस्ताईन

बैतडी : मेलौली नगरपालिका–०९ असुर कलमटाका गजि दत्त भट्टकि १७ वर्षीया छोरी प्रमिला भट्ट कलिलो उमेरमै अस्ताएकि छिन। विहीबार राति करिव ८ बजेको समयमा भट्टको घरमै निधन भएको हो।

साझको समयमा एक्कासी पेट दुखेको र एकछिन पनि वान्ता गरि अचानक मृत्यु भएको स्थानीय समेत रहेका नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष भिमदत्त भट्टले बताउनुभयो। एक दिदि, दुई बहिनी र एक भाई रहेकि प्रमिलाको कलिलो उमेरमै निधन भएपछि परिवार शोकमा डुबेको छ।

स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिलको निधनले विद्यालय परिवार शोकमय भएको प्रधानाध्यापक खड्क सिह बिष्टले बताउनुभयो। प्रमिलको निधनमा विद्यालयले आईतवार शोकविदा दिने  प्रधानाध्यापक बिष्टले जानकारी दिनुभयो।

प्रमिलाको स्थानीय परम्परा अनुसार शुक्रावार बिहान सोर्नया नदिको देउर्र घाटमा अन्त्येष्ठि गरिएको छ।

Leave A Reply

Your email address will not be published.