काठमाडौं विश्वविद्यालयबाट बिनोद भट्ट दीक्षित

बैतडी-धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको २९ औं दिक्षान्त समारोहबाट शुक्रबार बिनोद प्रसाद भट्ट दीक्षित भएका छन । कञ्चनपुरको महेन्द्रनगर घर भएका भट्ट ईजिनियरिङ अन्तर्गत विविध विषयहरुमा स्नातक तह गरेर भट्ट दीक्षित भएका हुन । दिक्षान्त समारोहमा इन्जिनियरिङ लगायत विभिन्न संकायका विद्यार्थी दीक्षित भएका हुन् । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका छन ।
दीक्षित हुनेमध्ये स्कुल अफ आट्र्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५६३ जना र साइन्सका १४९ जना रहेको बताउनुभयो। उहाँले दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २४२ विद्यार्थी रहेका छन्। दीक्षित हुने कुल विद्यार्थीमा विदेशी विद्यार्थीको सङ्ख्या १० प्रतिशत रहेको विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिनुभयो।
२९ औँ दीक्षान्त समारोहको दोस्रो चरण सम्म आइपुग्दा विश्वविद्यालय बाट हालसम्म ४५ हजार ४३७ विद्यार्थी उत्तीर्ण भएका छन् भने उत्तीर्ण विद्यार्थीमध्ये ५७ देशका १२ प्रतिशत अर्थात् पाँच हजार ४६७ जना विदेशी विद्यार्थी रहेका छन ।

Leave A Reply

Your email address will not be published.