बैतडी : गौरा पर्व बिशेष देउडा गित सर्क बादल सार्वजनीक भएको छ। चर्चित लोक देउडा गायक शेरी औजी र देउडा गायिका रेखा जोशीको आवाज रहेको गित गायक औजीको युटूब च्यानलबाट भिडियो सहित सार्वजनीक भएको छ।
माधव बिष्ट कैलाश, सुरत नेगी र गायक औजीको लय/शब्द रहेको गित कुसम डिजिटल म्यूजीक स्टुडीयोमा रेकर्ड गरिएको गायक औजीले बताउनुभयो। गितको एरेन्ज तथा मिक्सिङ कृष्ण बाजुरेलीले गरेका छन।
प्रकाश जोशी र एश्वर्या बिष्टको सुन्दर अभिनय रहेको भिडियोलाई माधब बिष्ट कैलाशले निर्देशन गरेका हुन। गितलाई माया गरिदिन र आवश्यक सल्लाह दिन गायक औजीले आग्रह गरेका छन।