विद्यालयको वार्षिकोत्सवमा पूर्व विद्यार्थीलाई सम्मान

बैतडी : शीतलपुर माध्यमिक विद्यालयको ३७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएकोछ।जिल्लाको मेलौली नगरपालिका–१ स्थित रहेको विद्यालयल शनिबार ३७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो।शनिबार विद्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रुकुवा लुहारकोे अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक धन सिंह नायकले विद्यालयका आर्थिक, भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर-प्रमुख भीम बहादुर चन्द थिए । विशिष्ट अथितिमा नगरपालिकाका निवर्तमान नगर-प्रमुख कृष्ण सिंह नायक,शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्री, नगर शिक्षा समिति सदस्य पवित्रा कलौनी ,वडा अध्यक्ष शरद सिंह नेगी,निःवर्तमान विव्यसका पदाधिकारी रहेका थिए ।भने विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी, समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमीको लगायत सरोकारवालाहरुको लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक तथा शिक्षक राम सिंह नेगीले जानकारी दिनुभयो ।

यसैगरी, विद्यालयले ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । उक्त विद्यालयमा अध्ययन गरी राष्ट्रसेवकको जिम्मेवारी सम्हालेर सेवा गरिरहेका पूर्व विद्यार्थीलाई सम्मान समेत गरेको हो ।विद्यालयको विकास शैक्षिक उन्नयनमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी लगायत कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय हुने र नगरस्तरीय परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कार सहित सम्मान गरिएको थियो । भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झलक समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी, शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले बिद्यालयमा आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम अत्यावश्यक रहेको बताउदै पुरस्कार पाउनका लागि विद्यार्थी एकदम मेहनती र आफैमा अब्बल हुनुपर्ने बताउनुभयो ।उनले बिद्यालयका विभिन्न कार्यक्रममा अभिभावकहरुको उपस्थिति पातलो देखिएको भन्दै अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पढाइ र अन्य क्रियाकलापहरुका बिषयमा चासो राख्नुपर्ने र बिद्यालयका कार्यक्रमहरुमा उपस्थिति हुनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख भीम बहादुर चन्दले प्रत्येक बर्ष अभिभावक भेला अनिवार्य देखिएको भन्दै अभिभावक एउटा ऐना भएकाले अभिभावकले आफ्ना बालबालिकाका हरेक क्रियाकलापको निगरानी गर्नुपर्ने र  विद्यालयहरुको चौतर्फी विकासका नगरपालिका लागी परेको बताउनुभयो ।

कार्यक्रममा बोल्दैं विशष्टि अतितथी निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो । ‘सामुदायिक विद्यालयलाई विद्यार्थी अभिभावकहरुको आकर्षणको केन्द्र बनाउन के के गर्नुपर्छ विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ शिक्षक लगायत सबै लाग्नु पर्ने बताउनुभयो साथै ।स्थानीय सरकार पनि शिक्षामा देखिएका समस्याको पहिचान गरि सामाधान तर्फ लाग्न अग्रह गर्नुभयो ।

यहाँ पढ्ने विद्यार्थीहरुले परीक्षामा उच्च अंक ल्याउने गर्नुको साथै राष्ट्रसेवकको जिम्मेवारी सम्हालेर ,खेलकुद, कलाकारिता क्षेत्रबाट मेलौलीलाई चिनाउने काम गरेको भन्दै उनले स्कुलको प्रशंसा गरे ।
विद्यालयमा अहिले ३०० सय विद्यार्थि अध्ययनरत रहेका छन । २०४४ सालमा प्रावितहबाट अध्यापन सुरु भएको सो विद्यालयमा मावितह सम्मको अध्यापन हुँदै आएको छ ।बिद्यालयका शिक्षक नरेश सिंह नेगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक राम सिंह नेगीले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.