मेलौलीमा वित्तिय साक्षरता तथा तिज बिशेष सांस्कृतिक कार्यक्रम हुदै

बैतडी : मेलौलीमा वित्तिय साक्षरता तथा तिज बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीको आयोजनामा कार्यक्रम हुने शाखा प्रमुख मनोज भाट्ले बताउनुभयो।

मणिलेक बहुमुखी क्याम्पस मेलौलीको प्राङ्गणमा यहि भाद्र १८ गते वित्तिय साक्षरता तथा तिज बिशेष सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीमा आवद्ध ४९ ओटै केन्द्रहरुलाई समेटी कार्यक्रम सञ्चालन गरिने शाखा प्रमुख भाट्ले बताउनुभयो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत सामुहिक नृत्य प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ। सामुहिक नृत्य प्रतियोगितामा सहभागि हुनेलाई पुरुस्कार समेत प्रदान गरिने शाखा प्रमुख भाट्ले जानकारी दिनुभयो।

सामुहिक नृत्य प्रतियोगिताको प्रथम पुरुस्कार ४०९९, दित्तीय पुरुस्कार २५९९, तृतीय पुरुस्कार १५९९ र सान्त्वना पुरुस्कार ८९९ रुपैया प्रदान गरिने छ। कार्यक्रममा उपस्थित भईदिन सम्पूर्णमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीले आग्रह गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.