बैतडी-नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को बैतडीको जिल्ला सम्मेलन भोलि हुने भएको छ। भाद्र १८ गते अर्थात भोली पाटनमा अनेरास्ववियू ९क्रान्तिकारी० बैतडीको १०औँ सम्मेलन हुने बिद्यार्थी नेता अर्जुन बोहराले बताए ।
अहिले गणेश बमले बैतडीको बिद्यार्थी नेतृत्वको जिम्मेवारी समालेका छन् ।सम्मेलनमा विद्यार्थी नेता बोहराले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सिगास गाउँपालिकाका बोहराले जिल्ला संगठनलाई थप मजबुत बनाउन आफूले नेतृत्व लिन चाहेको बताएका छन्।यस्तै शैक्षिक सुधारमा संगठनले प्रभावकारी भूमिका खेल्न थप सशक्त भएर जानुपर्ने र त्यसमा आफू टिबद्ध रहेको उनको भनाई छ।