आमाबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

बैतडी : कुशेऔंसीको अवसरमा पारेर बैतडीमा एकजनाले आफ्ना दिवंगत आमाबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका ४ गोठलापानी निवासी धनीराम लुहारले आफ्ना आमाबुवाको सम्झनामा विरेन्द्र मावि शाहीलेकमा १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

भौरे–सुनादेवी छात्रवृति अक्षयकोष नाम दिएर विद्यालयमा अक्षयकोष स्थापना गरिएको लुहारले बताउनुभयो। उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले हरेक बर्ष तीन जना गरिब बालबालिकाहरुलाई छात्रवृति प्रदान गरिने लुहारले बताउनुभयो। तीनजना मध्ये दुईजना दलित समुदायका बालबालिका र एकजना अन्य समुदायको बालबालिकालाई छात्रवृति दिइने उनले बतानुभयो।

आज विद्यालयमै पुगेर अक्षयकोषको रकम समेत हस्तान्तरण गरिएको लुहारले बताउनुभयो। लामो समयदेखि समाजसेवामा क्रियाशील रहेका लुहारले गरिब समुदायका विद्यार्थीहरुलाई पठनपाठनमा केही सहज होस भनेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको बताएका छन्।

२०६१ सालमा राष्ट्रिय वाणिज्य बैंकको सहायक प्रबन्धक पदबाट सेवा निवृत भएपछि लुहार पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् 

Leave A Reply

Your email address will not be published.