बैतडी : मेलौली नगरपालिका–०७ काँडामा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयले स्थापनाको ७७ औँ बर्ष मनाएको छ। वुधबार एक भब्य कार्यक्रमका बिच ७७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव सिह भाट्को अध्यक्षता र मेलौली नगरपालिका प्रमुख भिम बहादुर चन्द (भुकम्प) को प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। यसैगरी कार्यक्रममा शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साँउद, पञ्चेश्वर गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्द बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक, भौतिक र आर्थीक अवस्थाका बारेमा पनि प्रधानाध्यापक कलौनीले प्रकाश पारेका थिए। पछिल्लो समय विद्यालयको शैक्षिक स्तरमा ह्रास आउदै गएकाले शिक्षक, बिद्यार्थी र अभिभावकहरुले शैक्षिक स्थिती सुर्धानका लागि बिशेष ध्यानदिनुपर्ने बताएका थिए।
विद्यालयको शैक्षिक र आर्थीक अवस्थाका सुधारका लागि स्थानीय सरकारले पनि बिशेष भुमिका खेल्नुपर्ने प्रधानाध्यापक कलौनीले औल्याएका थिए। सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै विद्यालयको चौतर्फी विकासमा लागिपर्ने प्रधानाध्यापक कलौनीको भनाई रहेको छ।
यसैगरी कार्यक्रममा बोल्दै मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले विद्यालयको स्तर सुधारमा आफु प्रतिवद्ध रहेका बताएका थिए। यस क्षेत्रको पुरानो र ठुलो विद्यालय मणिलेक मावि रहेकाले नगरपालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने उनको भनाई रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथी शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साँउदले मणिलेक मावि पठनपाठनमा मात्रै नभएर हरेक बिषयमा उत्कृष्ठ शिक्षा दिने थलो भएको बताउनुभयो। उनले भने, विद्यालयको गुणस्तर सुधारका लागि अभिभावकहरुको भूमिका अहम् हुन्छ।” प्राविधिक शिक्षा सहितको अध्यापनले जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित भएकोमा बधाई समेत दिनुभयो।
अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको बताएका हुन्।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी समेत रहनुभएका भएका पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले सरकारले निःशुल्क शिक्षाको ब्यवस्था गरे पनि अधिकांश अभिभावकले नीजि विद्यालयहरुमा महंगो शु्ल्कमा आफ्ना बालबालिका पढाउन बाध्य रहेको भन्दै सामुदायिक विद्यालयमा सुधार हुनुपर्ने धारणा राख्नुभयो। उनले सामुदायिक बिद्यालयको गुणस्तर राम्रो भएर मात्रै बिद्यार्थी संख्या बढ्न नसक्ने भएकोले मानसिक रुपमा नै परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो।
वार्षिकोत्सवका अवसरमा आयोजित सभामा वक्ताहरुले विद्यालयको भौतिक अवस्थामा सुधार, विद्यार्थी भर्ना र गुणस्तर सुधार, ब्यवस्थापकीय सुधार र समयसापेक्ष शिक्षणविधि र प्रविधिको प्रयोग गरी गुणस्तरी शिक्षा प्रदान गर्नका लागि जोड दिएका थिए।
कार्यक्रममा बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो। विद्यालयको शैक्षिक उन्नतिका लागि अक्षयकोष स्थापना गर्न रकम उपलव्ध गराउने दाता लाइ सम्मान गरिएको थियो।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतितिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, स्वाथ्यकर्मी, पत्रकार र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न जनचेतनामुलक र रमाईला सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।