बैतडीमा १३ वर्षीया नाबालिका जबरजस्तीकरणी गरेर फरार शिक्षक धनगढीबाट पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका अन्र्तगतको एक बिद्यालयमा अध्यापन गराउने २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु पक्राउ गरेका हुन्। डडेल्धुराको भागेश्वर गाउँपालिका- २ बस्ने पनेरूलाइ इलाका प्रहरी कार्यालय पाटन बैतडीको प्रहरी टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो।
१३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षकको नामा नाबालिकाका परिवारले जबरजस्तीकरणी मुद्धा दर्ता गरेको थिए। मुद्धा दर्ता भएको करिब ६ महिनापछि बैतडी प्रहरी फरार पनेरुलाई पक्राउ गर्ने सफल भएको हो।
शिक्षक पनेरुविरुद्ध किटानी जाहेरी दर्ता भएको दिनबाटै उनको खोजी भइरहेको थियो। घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।