बैतडी: प्रहरीले भन्सार छली गरी ल्याइएको चिनी सहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको मेलौली नगरपालिका-७ स्थित काँडा बजारबाट बिहिबार सारी करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले १ लाख ४४ हजार मुल्य बराबरको चिनि बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकमा ल्याइएको चिनी सहित उक्त ट्रक र चालक पञ्चेश्वर गाउँपालिका–३का ४८ वर्षीय दामोदर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक बलाराम पाण्डेयले जानकारी दिनुभयो ।
ट्रकमा ५० केजीका ३२ बोरा ९१६ क्वीन्टल० चिनि रहेको बताइएको छ। यस विषयमा थप अनुसन्धिान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।