बैतडी: यस वर्षको पाटन प्रिमियर लिग सिजन—४ कार्तिक पहिलो साता हुने भएको छ। पाटन क्रिकेट क्लबको शुक्रबार बसेको बैठकबाट कार्तिक १ गतेदेखि क्रिकेट चौथो संस्करणको पिपिएल प्रयोगिता गर्ने निर्णय गरेको हो। मौसम प्रतिकुल भएको अवस्थामा केही तलमाथि हुने आयोजकले जनाएको छ।
पाटन नगरपालिका ६ स्थित कृष्ण माविको खेलमैदानमा हुने यस वर्षको प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्नको लागि तयारी भइरहेको पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। यस वर्ष पुरस्कार राशी पनि थप गरिएको छ। प्रथम पुरस्कार १,२३,४५६ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। गत वर्ष वर्ष १,११,१११ रहेको थियो।
द्वितिय पुरस्कार ५६,७८९ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ। यसैगरी म्यान आफ द सिरज वाफत १२,३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६,७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
अनुसाशीत टिमलाई पनि ५,१५१ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई समेत सामान ५,६५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। उदयमान खेलाडीलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बैतडीबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीहरुलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
म्यान आफ द म्याच वाफत पनि ५५५ नगद पुरस्कारको वयवस्था गरिएको छ। टिम दर्ता असोज २६ साँझ ५ बजेभित्र गरिसक्नु पर्ने छ। टिम दर्ता शुल्क १५,५०० कायम गरिएको छ। जिल्लाभित्रकै टोलीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। कुनै एक टिमका जिल्ला बाहिरका खेलाडीको हकमा बढीमा ४ जना खेलाउन पाउने बताइएको छ। केही शंसोधन गर्नुपरे पुनः पनि यस विषयमा जानकारी गराइने छ।
गत वर्षको उपाधी मेलौलीले हात पारेको थियो भने उपविजेता कैलपाल क्रिकेट क्लब भएको थियो। प्रतियोगितालाई थप प्रभावकारी बनाउनको लागि यस वर्ष व्यवस्थापक देखि कोचलाई समेत पुरस्कार राशीको व्यवस्था गरिएको हो।
पछिल्लो समयमा भइरहेका प्रतियोगितामध्ये सुदूरपश्चिमै ठूलो धनराशीको प्रयोगिथताको रुपमा पिपिएललाई लिइएको छ। बैतडी जिल्लाको क्रिकेट जगतलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पिपिएल प्रतियोगितालाई आवश्यक सहयोगको पनि आग्रह गरिएको छ। जिल्लाका १० वटै स्थानीय तह र यहाँका सबै सरकारी तथा गैह्र सरकारी निकायसँग आवश्यक सहयोगको अपिल गरिएको छ।
पछिल्लो समयमा नेपालमै क्रिकेटप्रतिको चौतर्फी चासो बढीरहेको र जिल्लास्तरबाटै प्रतियोगिताको आयोजना गरी नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याइरहेको पिपिएल प्रतियोगितामा सहयोगको आग्रह गरिएको हो। विगतका वर्षहरुमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगितमा सहभागिता जनाइरहेका छन्।
गत वर्ष पनि पिपिएल प्रपतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले बैतडी जिल्लबाट मात्रै नभई सुदूरपश्चिमबाट समेत खेल्ने अवसर पाएका थिए। यस प्रतियोगितालाई क्यानबाट अनुमतीका लागि आग्रह गरिएको छ।