बैतडी-मेलौलीमा आँखा उपचार सेवा प्रभावकारी बन्दै भएको छ । मेलौली नगरपालिका, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्तपाल र सेभा फउण्डेशनको सहकार्यमा सञ्चालित नगरपालिका स्तरमै आँखा उपचार केन्द्र संचालनमा आएपछि आँखा उपचार केन्द्र प्रभावकारी बन्दै गएको हो ।
डेढ महिना यता २ सय ३५ जनाको आँखाको उपचार गरिएको नेत्र सहायक सविना थारुले बताउनुभयो ।आँखा उपचार केन्द्रमा आँखा जाँच,औषधी तथा चस्मा वितरण सेवा दिईरहेको उनले बताउनुभयो ।
जिल्लाको मेलौली नगरपालिका,शिवनाथ गाउँपािलका, पञ्चेश्वर गाउँपालिकाका नागरिकले सेवा पाएका हुन ।
नगरपालिकामै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखा सम्बन्धी बिरामी भएका व्यक्तिलाई सहज भएको नगरप्रमुख भीम बहादुर चन्दले बताउनुभयो।
यसअघि आँखा सम्बन्धीको सामान्य उपचारका लागि पनि पाटन, बैतडी, डडेल्धुरा तथा गेटा नै पुग्नुपर्ने बाध्यता रहेको थियो । उपचार केन्द्र सञ्चालनमा आएसंगै अस्पतालको पहुँच बाहिर रहेको आँखाका बिरामीहरुलाई सेवा लिन सहज भएको बताइएको छ ।