सलेना स्वास्थ्य चौकीको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी: मेलौली नगरपालिका-०२ सलेनामा स्थित सलेना स्वास्थ्य चौकीको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकी सलेनाको हलमा स्थानीय सेवाग्राही, जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, अस्थाई प्रहरी चौकी सलेनाका प्रतिनिधी र स्वास्थ्य स्वंमसेवीका, आमा समुहका प्रतिनिधिहरुको उपस्थीतीमा सार्वजनीक सुनुवाई आयोजना गरिएको हो।

आर्थीक वर्ष २०८०/०८१ मा स्वास्थ्य चौकीले गरेका स्वास्थ्य क्षेत्रका बिभिन्न काम कार्वाहीको बारेमा जानकारी एवं समिक्षा गरिएको कार्यालय प्रमुख भोज बहादुर चन्दले बताउनुभयो। कार्यालयले गरेको डाटागत प्रगती प्रतिवेदन कार्यालय प्रमुख चन्दले प्रस्तुत गरेका थिए।

यसैगरी संस्थाको अगामी कार्ययोजनाबारे चन्दले जानकारी गराएका थिए। सार्वजनीक सुनुवाईको अवशरमा स्वास्थ्य चौकीमा कार्यरत सिअनमी रुक्मणी चन्दलाई सम्मान गरिएको छ। स्वास्थ्य चौकीमा उत्कृष्ट काम गरेको भन्दै सिअनमी चन्दलाइ सम्मान गरिएको स्वास्थ्य चौकीले जनाएको छ।

यसैगरी सार्वजनीक सुनुवाई कार्यक्रममा उपस्थित नागरीक र सेवाग्रहीहरुले कार्यालय प्रमुख चन्दको प्रशंसा गरेका छन। मुस्कान सहितको सेवा प्रवाहमा सहजता, कार्यालयको व्यवस्थापन, विरामिहरुको स्वास्थ्य चौकी प्रतिको सकारात्मक धारणामा चन्दको भुमिकाका बारेमा प्रशंसा गरिएको थियो।

कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं मेलौली नगरपालिका-०२ का वडाध्यक्ष कृष्णदत्त भट्टको सभाध्यक्षता र मेलौली नगरपालिका-०३ का वडाध्यक्ष गगन सिह भाट्को प्रमुख आथित्यमा कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य चौकीमा कार्यरत सिअहेब प्रकाश बहादुर चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.