पाटन–पञ्चेश्वर सडक खण्ड सहज सञ्चालनको माग गर्दै ध्यानाकर्षण

बैतडी : पाटन-पञ्चेश्वर सडक खण्ड सहज रुपमा सञ्चालनका लागि माग गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराईएको छ। मेलौली नगरपालिका–०७ का कर्ण दयाल र मेलौली नगरपालिका–०९ का महेशदत्त भट्टले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन।

वुधबार बैतडीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै पाटन-सडक खण्ड सहज रुपमा सञ्चालनका लागि माग गरेका छन। पाटन-पञ्चेश्वर सडक खण्डको बिभिन्न ठाउँमा सडक छेउछाउ भत्केको, माथिबाट ढुङ्गा खसेको, माटो खसेर सडक साघुरो भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन।

यसैगरी दशैँ तिहार जस्ता चाडपर्वमा यात्रु र सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना हुन नदिन समेत आग्रह गरिएको छ। साँघुरो सडक फराकिलो, सडकमा पहिरोसगै आएको माटो र ढुङ्गा सफाई गरि सवारीसाधानमा सञ्चालनमा सहजता ल्याईदिन. सडकको हेरचाहको लागि राखिएका कामदार (लेन्थवर्कर) लाई परिचालन र कालोपत्रे गर्न बाकि रहेको सडकलाई यथासिघ्र कालोपत्रे गर्न ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मार्फत सडक जिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई ध्यानाकर्षण गराइएको युवा समाजसेवी महेश दत्त भट्टले बताउनुभयो। यसैगरी पाटन-पञ्चेश्वर सडक खण्ड अन्तर्गत पर्ने स्थानीय तह पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई पनि ध्यानाकर्षण गराईएको भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.