बैतडी : पञ्चेश्वर गाउँपालिका–०४ सैलोडामा रहेको जवलपुर माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ। वुधबार विद्यालय प्राङ्गणमा एक वर्षको दोस्रो अभिभावक भेला सम्पन्न भएको विद्यालय व्यवस्थापन समिमि अध्यक्ष प्रकाश बहादुर चन्दले बताउनुभयो।
गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्य र वडाध्यक्ष जनक बहादुर चन्दको बिशिष्ट आतिथ्यमा अभिभावक भेला सम्पन्न भएको हो। भेलामा विद्यालयमा भएका समस्याका साथै गुणस्तरिय शिक्षा कसरी दिन सकीन्छ भन्ने विषयमा छलफल भएका जनाईएको छ।
भेलामा गाउँपालिका अध्यक्ष चन्दले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताए। सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको उहाँले बताउनुभयो।