बैतडीकी देवकी प्रधानमन्त्री ओलीबाट सम्मानित

बैतडी: सिगास गाउँपालिका–२ धौलाडीकी देवकी धामी प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएकी छन्। राष्ट्रिय खेलकुद परिषदको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित वर्ष खेलाडी सम्मान कार्यक्रमबाट एथ्लेटिक्समा बैतडीकी धामी प्रधानमन्त्री ओलीद्धारा सम्मानित भएकी हुन्। उनलाई ५० हजार राशीको पुरस्कार दिइएको हो। राखेपले जुनियर तर्फको एथ्लेटिक्स वर्ष खेलाडी घोषणा गरेको थियो।

सिगास गाउँपालिका २ स्थित शिवलिङ्ग माविमा अध्यायनरत धामीले गत वर्षको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। जिल्लास्तरीय हुदै प्रदेशस्तरबाट स्वर्ण जित्दै राष्ट्रियस्तरको रनिङ शिल्डमा पनि स्वर्ण जितेकी थिइन्।

एथ्लेटिक्समा देशभरीकै उत्कृष्ट भई विद्यालयको शीर उचो राखेको र यस सफलताबाट खेलकुद क्षेत्रको प्राथमिकताका लागि हौसला बढेको विद्यालयका प्रद्यानाध्यापक देव सिंह बोहराले बताए।

Leave A Reply

Your email address will not be published.