बैतडीका ३ पालिकाले पायो नयाँ हाकिम

बैतडी : सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ। जस अनुसार बैतडीको तीन स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरिएको छ।

मन्त्रालयले जिल्लाको सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरेको हो। शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई खटाएको छ, भने पञ्चेश्वर गाउँपालिकामा महेश पार्कीलाई खटाएको छ। यसैगरी सुर्नया गाउँपालिकामा ज्योती कुमारी बोहरालाई खटाइएको छ।

बजेट कार्यान्वयनको चरणमा लैजाने क्रममा प्रशासकीय अधिकृत खटाएपछि कार्यसम्पादनमा निकै सहज हुने स्थानीय तहको भनाइ छ।

Leave A Reply

Your email address will not be published.