सुरक्षीत आवास गृह पाटनको नयाँ भवनमा पहिरोले क्षती

बैतडीमा संचालित सुरक्षीत आवास गृह आफै असुरक्षीत बनेको छ। लगातारको बर्षासंगैको पहिरोले सुरक्षीत आवास गृह पाटनको भवनमा क्षती पुगेको मनोविर्मस कर्ता डम्बरी भट्टले बताइन्। नयाँ भवनको माथिपट्टीको झ्यालबाट पहिरोको माटो ढुंगा भित्र पसेका छन्।

नयाँ भवनमा कार्यालय सरेको केही महिनामै पहिरो जान थालेपछि हिंसा प्रभावीत महिललाई बस्न असुरक्षीत भइरहेको उनले बताइन्। घेरवार समेत भएर असुरक्षीत रहेको भवनमा पहिरोले बढी दुःख देखिएको पाटन नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.