बैतडीमा भारतबाट ल्याएका भन्सार छलीका सामान बरामद

बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २५ हजार १५७ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.