बैतडी : पञ्चेश्वर गाउँपालिकामा नयाँ “हाकिम” हाजिर भएका छन्। गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश पार्की गाउँपालिकामा हाजिर हुनु भएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पार्कीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन गरेको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसगंै स्वागत गरिएको छ।
गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। यस्तै गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी, वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत पार्कीको स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पार्कीले कानुनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो। कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन्।
यसअघि पञ्चेश्वर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको थियो। हालसम्म पञ्चेश्वर गाँउपालिकामा २ सघंबाट लगायत पार्कि ११ औँ प्रमुख प्रशासकीय अधिकृत हुन।